सुनकोशीमा जीप खस्दा सीटीईभीटीका ३ अधिकारीहरु बेपत्ता, खोजी कार्य जारी
- जेष्ठ १९, २०८०
- 0
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उच्च अधिकारीहरु सवार जीप सुनकोशीमा खसेको छ ।
काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको सीटीईभीटीको जीप मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटनामा परेको हो ।
जीपका ड्राइभर झ्यालबाट फाल हानेर बच्न सफल भएका छन् ।
बा १ झ ७४६७ नम्बरको जीपमा सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल र प्रावाधिक अधिकृत भानु पौडेलसहित ४ जना सवार थिए ।
बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको र अहिले खोजी कार्य जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







