एमालेको सचिवालय बैठक बस्दै
- जेष्ठ १९, २०८०
- 0
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज शुक्रबार बस्दैछ ।
बैठक बिहान ११ः३० बजे ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा बस्नेछ ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
पछिल्लो दिनहरुमा देशभर सरकार र राष्ट्रपति विरुद्ध विरोध प्रदर्शन भइरहेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिँदै जेलमुक्त गराएको र विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै विभिन्न पार्टीका भातृ संगठनले प्रदर्शन गरिरहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







