आज १६ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
- जेष्ठ १५, २०८०
- 0
आज गणतन्त्र दिवस । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १६ वर्ष पुगेको छ ।
देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनको रुपमा विभिन्न कार्यक्रमहरु गरी प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
सरकारले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् ।
२०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा औपचारिक समारोह आयोजना गरिने छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतले देशबासीलाई शुभकामना व्यक्त गर्दै गणतन्त्रको संस्थागत विकासप्रति प्रतिवद्ध रहन सबैलाई अपील गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







