रेशम चौधरीले आममाफीको प्रस्ताव गरि पठाएको पत्र राष्ट्रपति कार्यालयले गृहलाई फिर्ता पठायो
- जेष्ठ १२, २०८०
- 0
राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयलाई फिर्ता पठाएको छ ।
कानुन अपुग देखिएपछि राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल शुक्रबार गृह मन्त्रालयमा फिर्ता गरेको हो ।
रेशमलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारीका साथ गृहले राष्ट्रपति कार्यालयलाई प्रस्ताव पठाएको थियो । तर, प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तअनुसार आममाफी उपयुक्त नदेखिएपछि राष्ट्रपति कार्यालयले गृहलाई नै फाइल फिर्ता गरेको हो ।
२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु प्रकरणमा मुख्य दोषीका रुपमा अदालतले रेशमलाई ठहर गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







