पहाडी भू-भागमा हल्का वर्षा, तराईका भू-भागहरूमा हावाहुरीको सम्भावना

news-details

शुक्रबार मौसममा तुलनात्मक रूपमा सुधार आएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागको मौसम बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहेको छ।

पश्चिमी र स्थानीय वायुकाे प्रभावले दिउँसो काेशी, बागमती र गणडकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ। काठमाडाैं उपत्यकामा पनि दिउँसाे पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘विहानको मौसम हिजोको तुलनामा सफा नै छ। तर, दिउँसाेसम्म बादल लागेर पानी पर्ने सम्भावना देखिएको छ,’ उनले भनिन्। पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सर्दै गरेकाले बागमती, गण्डकी र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको उनको भनाइ छ।

त्यस्तै कोशी र मधेश प्रदेशका तराईका भूभागहरूमा हावाहुरीको पनि सम्भावना छ।

राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया