रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० जना घाइते

news-details

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका सितलाकुमारी रहेको प्रहरीले जनाएको छ । मृतकहरु सबैको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेको लु १ ज १७४७ नम्बरको जिप उक्त जीप सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको थियो । तर सो जीप आज विहान ७ बजे दुर्घटामा परेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया