राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
- जेष्ठ ११, २०८०
- 0
राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ।
बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदैछन्।
भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो।
आजको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय पनि निम्त्याइएका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







