बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

news-details

भोटो जात्राको अवसरमा सरकारले काठमाडौ उपत्यकाका तीन जिल्लामा भोलि जेठ ११ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन ।

गुठी संस्थानका प्रमुख लक्षुना शर्मा काफ्लेले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने कार्यक्रम रहेको जानकारी दिए ।

भोटो देखाउने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने कार्यक्रम रहेको छ । समारोहमा राष्ट्रपतिसँगै विभिन्न विशिष्ट व्यक्तिको उपस्थिति हुने संस्थानले जनाएको छ ।

बिहीबार साँझ ४:३० बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ ।

बिहीबार बिहान बुङ्गमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि पुनः बुंगमतीमै पुर्‍याइनेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया