सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

news-details

मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ।

मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

यसैबीच मंगलबार मात्रै सरकार ११ औं पटक विस्तार भएर मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।

आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिँदैछन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया