संघीय संसदको संयुक्त बैठक आज बस्दै
- जेष्ठ १०, २०८०
- 0
संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए ।
प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







