प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि आज पनि छलफल

news-details

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ। आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने भएका हुन्।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

यसअघि सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिएका थिए। प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको टिप्पणी गरेका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया