राष्ट्रियसभामा प्रधानमन्त्री दाहालले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने
- जेष्ठ ९, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा पनि छलफल भइरहेको छ । छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरुले सरकारले हालै ल्याएको निती तथा कार्यक्रमको आलोचना गरेका छन् ।
प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







