लुम्बिनी प्रदेश सरकार विस्तार, नवनयिुक्त ३ मन्त्रीले आजै सपथ लिदै

news-details

लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थप तीन मन्त्रीलाई सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गरेका हुन ।

विस्तारित मन्त्रीपरिषदमा कांग्रेसका राजु खनालले स्वास्थ्यमन्त्री, जनमतका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाएका छन ।

त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रालय भागबन्डामा असहमति जनाउँदै आएको माओवादी केन्द्र भने सरकारमा तत्काल नजाने भएको छ।

मन्त्रिपरिषद् विस्तार भएपछि १० सदस्यीय लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको संख्या सात पुगेको छ। रिक्त तीन मन्त्रालय तत्काल मुख्यमन्त्री आफैले राख्ने भएका छन्।

८ दल र एक स्वतन्त्र सांसदसहित ५३ जनाको समर्थनमा चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १९ गते विश्वासको मत लिएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया