पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
- जेष्ठ ५, २०८०
- 0
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।
‘गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ,’ प्रधानांगले भने, ‘राति कोशी प्रदेशका केही स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालीका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना देखिन्छ।
अहिले प्रिमनसुन गतिविधि भइरहेको र यो क्रम अझै केही दिन जारी रहने पनि उनले बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







