नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
- जेष्ठ ४, २०८०
- 0
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनी भुटानी शरणार्थीको रूपमा नेपालमा रहदै आएका थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरे ।
नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो ।
नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ ।
नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







