प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
- जेष्ठ ४, २०८०
- 0
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम राख्नुभएको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको बताए ।
प्रस्ताव अनुसार सभाको आजको बैठकमा १५ भन्दा बढी सदस्यले प्रश्न सोध्न सक्ने जनाइएको छ । पन्ध्र जनाभन्दा बढी सदस्यले प्रश्न गर्ने व्यवस्था बमोजिम समयले नभ्याइने भएकाले नियमावलीमा यस्तो व्यवस्था गरिएको थियो ।
आजको बैठकमा धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन गरिएको हो । प्रस्तावको समर्थन सांसद महेश बर्तौला र सन्तोष परियाले गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







