क्यान्टोन्मेन्टमा भ्रष्टाचार गरेको पुष्टि भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकुको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोप मात्र भएको बताएका छन्।

संघीय संसद्‍अन्तर्गत आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन् अनि क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारमा छानविन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने क्यान्टोन्टमेन्टमा भएको घोटलाबारे कसैले छानविन गरेर आफू दोषी भए जेल जान तयार बताए।

उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थाबमोजिम प्रधानमन्त्री प्रचण्डले सांसदहरूको प्रश्‍नको उत्तर दिएका हुन्।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने भनिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया