रेशम चौधरीलाई सफाइ नदिएको भन्दै सत्तारुढ नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा
- जेष्ठ ३, २०८०
- 0
सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए।
उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







