नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी
- बैशाख ३१, २०८०
- 0
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रकरण बाहिरिएपछि शेर्पा फरार रहेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे तथा खाँणका तत्कालीन निजी सचिव नरेन्द्र केसी पक्राउ परिसकेका छन् । यो प्रकरणमा ठूला नेताकै नाम जोडिन थालेपछि शेर्पा मोबाइल अफ गरेर फरार भएका छन् ।
भुटानी शरणार्थीका नाममा नक्कली व्यक्ति खडा गर्दै ठगी गरेको भन्दै उनीहरुविरुद्ध अभियोग लगाइएको छ । कांग्रेसका पूर्वसभासद् रहेका शेर्पामाथि पक्राउ परेका बिचौलियालाई हिरासतमै भेटेर नेताहरुलाई बयानमा नपोल्न भनी दबाब आरोप लागेको छ ।
शेर्पा विरुध्द जिल्ला अदालत काठमाडौंबाट शुक्रबार नै पक्राउ पुर्जी जारी भएको हो र प्रहरीले पुर्जी लिएर उनको खोजी गरिरहेको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







