नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै
- बैशाख ३१, २०८०
- 0
आज देशैभरि बृहत खोप अभियान सुरु गरिँदैछ । सरकारले खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने गरी देशव्यापी अभियान थालेको हो ।
नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने विभिन्न खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज खोप अभियान चालिएको हो ।
नवजात शिशुलाई जन्मने बित्तिकै बिसिजी खोप लगाउने गरिन्छ । यस्तै जन्मेको ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब खोपहरु, १० हप्ता भित्र लगाउनुपर्ने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब तथा १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब खोपहरु रहेका छन् ।
यस्तै ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोपहरु छुटेका बालबालिकालाई आज लगाइँदैछ ।










