एमाले स्थायी कमिटी बैठक बस्दै, वार्षिक कार्यक्रम तय गर्ने
- बैशाख ३०, २०८०
- 0
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार हिजो स्थगित भएको बैठक आज बिहान ८ बजे बस्ने भएको हो ।
बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।
एमालेले २०८० को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठक पनि आजै समापन गर्ने तयारी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







