जेठ १ गतेदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने

news-details

काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ ।

आयोजनाको मुहान तथा हेडवर्कशमा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले जानकारी दिए ।

उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरू गरिने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया