एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदै
- बैशाख २८, २०८०
- 0
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ।
पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हो । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो
एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रम लगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।
केन्द्रीय समिति बैठक ३ दिनसम्म चल्ने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







