सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

news-details

सत्ता गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार समर्थन फिर्ता लिएपछिको अवस्था र अन्य विषयमा छलफल हुने बताइएको छ।

समसामयिक राजनीतिक परिस्थितीसँगै आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने छ।

आजकै बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समेत छलफल हुने बताइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया