आजबाट मौसममा सुधार आउने
- बैशाख २३, २०८०
- 0
आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।
दिउँसोसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ तीनै प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन्।
अन्य स्थानको मौसम सामान्यतया सफा नै रहने उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् श्रेष्ठले बताए।
हिजोअस्तिको तुलनामा आज बिहान उपत्यकाको तापक्रममा सुधार भएको छ। लगातार मौसम बदली भएका कारण उपत्यका लगायतका स्थानमा बिहान बिहान चिसो महशुस भएको उनले बताए।
मौसममा क्रमिक सुधार भइरहेका कारण तापक्रम पनि बढ्दै जाने उनको भनाइ छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







