गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत प्राप्त

news-details

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन ।

आजको गण्डकी प्रदेश सभामा भएको मतदानमा पाण्डेले ३५ मत प्राप्त गरेका थिए भने विपक्षमा २२ मत परेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसको २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र हैसियतमा जितेर एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका राजीव गुरुङले पाण्डलाई मत दिएका थिए ।

राप्रपा भने विश्वासको मत लिने कार्यक्रममा सहभागी भएन ।

गोरखा २ (ख) बाट निर्वाचित पाण्डे नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन ।

नेपालको संविधानमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया