प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
- बैशाख २१, २०८०
- 0
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरेका हुन ।
राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यलयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत डा अर्याललाई आज सचिवमा नियुक्त गरेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सरकारी वकिल समूहबाट सहन्यायाधिवक्तामा खुलाबाट प्रवेश गर्नुभएका पाण्डेयसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको अनुभव छ भने डा अर्याल प्रतिनिधिसभाको अर्थ समितिको सचिवका रूपमा लामो समयदेखि कार्यरत थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







