नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले सचिव टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ

news-details

पूर्वमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।

नक्कली भुटानी शरर्णार्थी प्रकरणमा सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले टोपबहादुरको पनि खोजी गरिरहेको छ । स्रोतका अनुसार टोपबहादुर मोबाइल स्वीच अफ गरेर बसेका छन् । यस प्रकरणमा आजै सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परिसकेका छन् । एक अर्बभन्दा बढीको ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया