रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा निधन
- बैशाख १९, २०८०
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको निधन भएको छ।
छतबाट खसेर गम्भीर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले जानकारी दिइन्।
‘आज दिउँसो १ बजेर ३५ मिनेटमा उहाँलाई चिकित्सकहरूले मृत घोषित गर्नुभएको हो’, पोखरेलले भनिन्, ‘हामीले आफन्तलाई शव बुझाइसकेका छौं।’
थापा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट वैशाख ४ गते विहान खसेका थिए।
३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकप्टरबाट मेडिसिटी ल्याएर भर्ना गरिएको थियो।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







