राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान
- बैशाख १८, २०८०
- 0
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना कम्बोडिया प्रस्थान गरेका छन्।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना आइतबार राति कम्बोडिया प्रस्थान गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई ‘वर्ल्ड बुद्धिस्ट फाउन्डेसन’ को ‘पेट्रोन अफ द वर्ल्ड बुद्धिस्ट अनोररी डक्ट्रेट इन ह्युमानिटी’ को मानार्थ पदवी प्रदान गरिँदै छ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहेका छन्। टोली वैशाख २४ गते स्वदेश फर्किने कार्यक्रम छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







