लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

news-details

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन्।

शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार (वैशाख १८ गते) मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् ।

संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ। प्रदेशसभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लागेका हुन्।

‍बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया