गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज सकिंदै

news-details

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय बिहीबार सकिंने भएको छ ।

नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ४ बजेसम्मका लागि नयाँ सरकार गठनका लागि दावी पेश गर्ने समय दिएका हुन । दुवै प्रदेशमा मुख्यमन्त्री भने नेपाली कांग्रेसले पाउने सम्भावना रहेको छ ।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीका लागि दावी पेश गर्ने तयारी गरेका छन ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि कम्तिमा ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ । कांग्रेस– नेकपा माओवादी केन्द्रबीच गण्डकीमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार पहिलो चरणमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन ।

उता, लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री कांग्रेसले नै पाउने सम्भावना देखिएको छ ।

कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्रीमा दावी पेश गर्ने सम्भावना रहेको छ । तर माओवादीले लिखित रुपमा चौधरीलाई समर्थन गर्न आनाकानी गर्दा अन्योल पनि कायमै रहेको छ । माओवादीले पनि मुख्यमन्त्रीको दावी छाडेको छैन । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा नयाँ सरकार गठबनका लागि कम्तिमा ४४ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४ –४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका ३– ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक९एक जना र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया