बारा २ : जसपाका उपेन्द्र यादव विजयी
- बैशाख १३, २०८०
- 0
बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टाी (जसपा)का उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् ।
बुधबार बिहान सम्पन्न मतगणना अनुसार यादव २८ हजार ४१५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे ।
यसैगरी, नेकपा (एमाले)का उम्मेदवार पुरूषोतम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







