चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी

news-details

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन ।

उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पारेका हुन । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन ।

त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया