काठमाडौँबाट उडेको फ्लाइ दुबईको जहाजमा समस्या, दिल्लीमा अवतरण गर्ने तयारी
- बैशाख ११, २०८०
- 0
काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ ।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाजको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ।
फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।
उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी गरेको अनुमान छ । जहाज भैरहवाबाट पार भइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







