नियमसंगत छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयलाई बालेनले गराए ध्यानाकर्षण
- बैशाख ९, २०८०
- 0
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् ।
उनले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजि तथा संस्थागत विद्यालयहरुलाई सो निर्देशन दिएका हुन् ।
नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले छात्रवृत्तिबारे सचेत रहन विद्यार्थी तथा अभिभावकलाई पनि आग्रह गरेका छन् ।
सम्बन्धित शीर्षकहरु










