राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज दिल्ली लैजाने तयारी

news-details

स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई थप उपचारका लागि आज (बुधबार) भारत लैजाने तयारी भईरहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् ।

सोमबारमात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए । मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको डा। निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया