नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन
- बैशाख ४, २०८०
- 0
मुक्ती समाज स्याङ्जाले नयाँ बर्ष २०८० को अबसर पारेर शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
मुक्ती समाज स्याङ्गजाका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीकारुपमा नेकपा एमाले केन्द्रीय सगठन बिभाग सदस्य तथा निबर्तमान संघीय सांसद नारायण मरासिनी, बिशिस्ट अतिथीकारुपमा मुक्ती समाजका केन्द्रिय सदस्य तथा मुक्ती समाज स्याङ्जा इन्चार्ज धनमाया बिश्वकर्म तथा अतिथिकारुपमा मुक्ती समाजका केन्द्रीय सदस्य टिकाराम बिस्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य अमृत श्रेष्ठ, नेकपा एमालेका नेता महेश पुरी, मुक्ती समाज केन्द्रीय कमिटी सदस्य अमृत नेपालीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचनका साथै दलित समुदायको उत्थान, जातिय भेदभावको उन्मूलन तथा सामाजिक सदभावको विषयमा छलफल समेत भएको थियो ।
मुक्ति समाज स्याङ्जाका सचिब सुभास खातीले सन्चालन गरेको कार्यक्रममा हरेक बर्ष नयाँ बर्षको अबसर पारेर यस्ता कार्यक्रम आयोजना गर्दै समाजमा एकता तथा सदभाव छर्दै अगाडि बढने प्रतिवद्धता जनाइएको थियो ।










