प्रधानमन्त्री प्रचण्डद्धारा आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउदले लिए शपथ

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

परराष्ट्रमन्त्रीमा नारायणप्रकाश (एनपी) साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्री साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन । उनी नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुन ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गरेका छन । उनले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छिन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया