धौलागिरी बेस क्याम्पमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

news-details

म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो ।

सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो ।

बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।

उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले हेलिकप्टर फोर्स ल्याण्डिङ गरेको बताए ।

पाइलट प्रिया अधिकारी र अन्य एक जनाको अवस्था सामान्य रहेको प्रजिअ पौडेलले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया