निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
- चैत्र २२, २०७९
- 0
गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न भन्दै पत्राचार गरेको छ।
बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो।
विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।
ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले बुधबार पत्राचार गरेको हो।
यसमा राइड सेयरिङ एपहरूको विषयमा भने यो लागू नहुने पनि उनले बताए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







