कोशी प्रदेश नामाकरणमा पार्टीको कमजोरी भएको माओवादीको ठहर
- चैत्र २२, २०७९
- 0
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गर्नु कमजोरी भएको स्वीकार गर्दै पहिचानको पक्षमा उभिने निर्णय गरेको बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
पदाधिकारी बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन प्रयास गरिने बताएएको महराले बताए ।
प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरणको निर्णय गर्दा माओवादीले पनि पक्षमा कोशी नामकै पक्षमा उभिएको थियो । तर, पहिचान पक्षधरले आन्दोलन चर्काएपछि माओवादीले कमजोरी स्वीकार गरेको हो ।
पहिचान पक्षधरको आन्दोलनका क्रममा चैत्र ५ गते घाइते भएका पदम लिम्बुको चैत्र १० गते मृत्यु भएको थियो ।
माओवादी केन्द्रले लिम्बुलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







