पोखरा १८ नम्बर वडाको पुनः मतगणना गर्न उच्च अदालतको आदेश
- चैत्र २१, २०७९
- 0
पोखरा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ को मत गणना बदर गरी पुनः मत गणना गर्न उच्च अदातल पोखराले आदेश दिएको छ ।
अदातलले वडाध्यक्ष पदको पुन मतगणना आउँदो वैशाख २० गते गर्न अदातलले आदेश दिएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीराम पौडेलले जानकारी दिए ।
एमालेबाट उम्मेदवार बनेका पुस्कल थापाले मतगणना कार्य वदर गरि दोर्होराई मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी दिएका थिए ।
सो वडामा कांग्रेसका शिव प्रसाद तिमल्निाले १६४३ मत पाएर बिजयी घोषित हुँदा एमालेका पुष्कल बहादुर थापाले १६४० मत पाएका थिए ।
एमालेबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मतले पराजित गरेका थिए थापाले खसेको भन्दा गणनामा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







