सम्मानजनक सहभागिता नभए सरकारमा नजाने शेखर समूहको अडान
- चैत्र १७, २०७९
- 0
नेपाली कांग्रेसको शेखर समूहले सरकारमा सम्मानजनक सहभागिता खोजेको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताका लागि शेखर समूहले सम्मानजनक स्थान खोजेको हो। सभापति शेरबहादुर देउवाले दुईजना मन्त्रीको नाम पठाउन भनेपछि शेखर समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान स्वरूप सम्माजनक हैसियत नपाए सरकारमा नजाने चेतावनी दिएको छ।
उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहितका नेताहरूको बैठकले सम्मानजनक सहभागिता नभए सरकार बाहिर बस्ने निर्णय गरेको हो।
‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं। नभए सरकारबाहिरै बस्ने हो’‚ सहमहामन्त्री परियारले भने।
१० दलीय गठबन्धनमा कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







