कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

news-details

अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन्।

बिहीबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन्।

उनले जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका छन्।

उनले आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउन आफ्नो प्रयत्न रहने पनि उल्लेख गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ बाट आगामी वैशाख १० गते हुने उपनिर्वाचन लड्ने चर्चा छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया