सरकार र मिटरब्याज पीडितबीच वार्ता सुरु
- चैत्र १६, २०७९
- 0
सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा वार्ता जारी रहेको बताए ।
गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरूमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल छन ।
पीडित महेन्द्र साहका अनुसार सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ । जसमा मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र सङ्घर्ष दाहाल सदस्य छन ।
मिटरब्याज पीडित यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







