सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, दिउँसो ३ बजे फेरि बस्ने

news-details

मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए।

मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबन्डाको प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५ मन्त्रालयलको प्रस्ताव गरेका थिए।

संसदको चौथो ठूलो दल रास्वपालाई ३ मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)लाई २ मन्त्रालय, जनता समाजवादी पार्टीलाई २ मन्त्रालय, जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउने प्रचण्डको प्रस्ताव छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया