लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी
- चैत्र १२, २०७९
- 0
लुम्बिनी प्रदेश सरकारबाट दुई दल बाहिरिएका छन । नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
नेकपा माओवादीका तीन र जनमतका एक गरी चार जना मन्त्रीले आज राजिनामा बुझाएका छन ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग तोकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाएका हुन ।
मुख्यमन्त्री लिला गिरीलाई भेटेर भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु र आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव भरत नेपालीले मन्त्रीको तर्फबाट राजिनामा बुझाएका हुन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







