आज मन्त्रिपरिषद बैठक बस्दै, प्रहरीको नयाँ आईजीपीबारे टुंगो लगाउने

news-details

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो।

भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन्। बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका दाबेदार हुन्। उनीहरुलाई सरकारले केहीदिन अघि मात्रै एआईजीमा बढुवा गरेको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया