अन्तरजातीय बिबाहित जोडीलाई सम्मान

news-details

अन्तराष्टिय जातीय विभेद उन्मूलन दिवशको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले अन्तरजातीय बिबाहित जोडीलाई सम्मान गरेको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथिकारुपमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा पुर्व मन्त्री पदमा अर्याल, विशिष्ट अतिथिकारुपमा नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सुर्य प्रसाद गैरे (पारस), मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य धनमाया बि.क. लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्तरजातीय विवाह गर्ने करिब ७० जोडीलाई सम्मान गरिएको मुक्ति समाज स्याङ्जाका अध्यक्ष मेघ प्रनेशले जानकारी दिए । कार्यक्रम मुक्ति समाज स्याङ्जाका सचिब सुभास खाती ले सन्चालन गरेका थिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले समाजमा सकारात्मक सन्देश फैलिने कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया